दुई भाषामा ‘परस्त्री’ तयार, हिन्दि भर्सनमा भारतीय गायक गायिकाको स्वर
नेपाल र भारतमा एक साथ रिलिज हुने नेपाली चलचित्र ‘परस्त्री’का तीनवटा गीत भारतीय गायक – गायिकाले गाउने भएका छन्। अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गाउने भएका हुन्। अमित, सोनल र कुनल तीनैजना बलिउडमा लोकप्रिय प्लेब्याक सिंगर हुन् ।
![](https://i0.wp.com/www.mnmnepal.com/wp-content/uploads/2023/05/parastri_iskqppMjJB_mnx9fjq9vmvszesyhzq0qz1c6i7qpj4jhbukctb3hjt7embwtnfbcxs2y0br.jpg?resize=720%2C398&quality=100&strip=all&ssl=1)
कुनल गञ्जवालाको स्वरमा गीत रेकर्ड भइसकेको छ भने अमित र सोनलले गाउन बाँकी छ । ‘सोनल र अमितले पनि गीत रेकर्ड गर्दैछन्,’ परस्त्रीका निर्देशक सुरज पाण्डेले भने ।
नेपालीमा भने केतन क्षेत्री र निकिथा थापाले गीत गाएका छन् । भारतीय सिंगरले गाएका गीत भने जेठ १६ गते रिलिज गर्ने निर्देशक सुरजले जानकारी दिए । इन्डो–नेपाली चलचित्र ‘परस्त्री’ जुन ३० अर्थात असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ ।
सुरजले निर्देशन गरेको चलचित्रमा दीपेन्द्र के खनालले कथा लेखेका छन्। डीएस डिजिटलको प्रस्तुती रहेको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी छिन्।
‘परस्त्री’ हिन्दी भाषामा डबिङ भइसकेको छ । ‘परस्त्री’को पोस्टर बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले सार्वजनिक गरेका थिए। चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय रहेको छ ।