‘बडी सेमिङ’ विवादमा आंचलको यस्तो जवाफ, रनवे मोडलले पोष्ट गरे नयाँ स्टाटस


अभिनेत्री आंचल शर्मा यतिबेला सामाजिक संजालमा विवादमा तानिएकी छिन्। एक फेसन शोमा ‘बडी सेमिङ’ गरेको भन्दै समाजिक संजालमा आंचल विवादमा तानिएकी हुन्। केहि दिन अगाडी काठमाडौंमा एक रनवेको आयोजना गरिएको थियो। आईसीसी डिजाइनर रनवे १२ को अडिसनको निर्णायकको रुपमा अभिनेत्री शर्मा पुगेकी थिइन्। आयोजक अडिसनको लाइभमा थिए र सोहि क्रममा अडिसन भैरहेको समयमा आंचलले बोलेको अभिव्यक्ति यतिबेला समाजिक संजालमा भाइरल बनेको हो।

एक जना मोडल रनवेमा हिडिरहेको बेला आंचलले ‘केहि खाँदैन कि क्या हो’ भन्ने अभिव्यक्ति सुनिएको थियो। संगै रहेका अर्का एक जजले मेन्टेन गरेको होला भन्ने जवाफ दिदा आंचलले कुपोषण भनिन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन्। रनवेमा सहभागी मोडलले आफ्नो सामजिक संजालमा उक्त भिडियो पोष्ट गरेपछि यतिबेला व्यापक शेयर भैरहेको छ।

आंचल स्वयं ‘बडी सेमिङ’ को सिकार भैसकेकी छिन्। उनको नाक र दातलाई लिएर केहि समय अगाडी सामजिक संजालमा उनको ‘बडी सेमिङ’ भएको थियो। उनै आंचलबाट यस्तो अभिव्यक्तिको अपेक्षा नभएको भन्दै उनको आलोचना भएको हो।

अभिनेत्री आंचलले आफुले उक्त भाइलाई त्यो अभिप्रायले भन्न नखोजेको प्रतिक्रिया दिएकी छिन्। हामीसंगको कुराकानीमा आंचल भन्छिन्, ‘मैले सम्बन्धित भाइसंग पनि कुरा गरिसके। मैले उनलाई त्यो प्रकारको अभिव्यक्ति दिएको पनि हैन र उनलाई भन्न खोजेको पनि हैन। हामी जज टेबलमा कुरा गरिरहेका थियौ र अर्कै प्रसंगमा यो कुरा निक्सिएको थियो। तर क्यामेरामा कैद हुँदा गलत समयमा गलत कुराको अर्थ लाग्यो। ‘


रनवेमा सहभागी मोडलले पनि उक्त कुराको पुस्टि गरेका छन्। उनले आफ्नो समाजिक संजालमा एक स्टोरी पोष्ट गर्दै आंचल शर्मा र आफुबीचको कुरा क्लियर भएको पोष्ट गरेका छन्।

मोडलले सामजिक संजालमा पाएको माया र साथका लागी सवैलाई धन्यवाद दिएका छन्। उनले आंचल शर्माले आफुलाई फोन गरेर त्यहाँ भएको माहोलको बुझाईमा कमि भएको र यथार्थ के भएको थियो त्यो सबै बताएको उल्लेख गरे। उहाले सवै कुरा भनेर आफ्नो अभिव्यक्ति अरु नै प्रसंगमा भएको भए पनि केहि नराम्रो लागेमा क्षमा मागेको उल्लेख गरेका छन्। अब हामि दुवै बीचको कुरा समाधान भएको र साथ दिने सवैलाई धन्यवाद दिदै सामाजिक संजालमा उनले पोष्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्