चलचित्र ‘लज्जावती’ को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ गीत सार्वजनिक
चलचित्र ‘लज्जावती’ को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । बहुम कुमार ओझाको शब्द, सन्तोष बिसीको संगीत रहेको गीतमा थानेश्वर गौतमको स्वर रहेको छ। भिडियोमा चलचित्रका प्रमुख कलाकार मेनुका माझी र श्री कृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ । प्रेमिकाबाट छुटेपछि उनी हराएको र कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा उनका खोज्दै हिँडिरहेको दृश्यमा समेटिएको छ ।

यही २९ साउनदेखि प्रदर्शनमा आउने चलचित्रका निर्देशक राजबहादुर साने हुन् ।चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन् ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।





