हलमा ‘ऐंचो पैंचो’ र ‘गणपति’ रिलिज


भदौ १४ गते बिहिबार बाट २ नेपाली चलचित्र रिलिज भएका छन्। बिदाको अवसर पारेर बिहिबार बाट हलमा ‘ऐंचो पैंचो’ र ‘गणपति’ रिलिज भएका छन्। दुवै चलचित्रको मुख्य नायकको रुपमा मुकुन भुषाल रहेका छन्। जनैपूर्णिमा तथा गाईजात्राको सार्वजनिक विदाको अवसर पारेर बिहिबार नै चलचित्र रिलिज भएका हुन्।

कृषा चौलागाई निर्देशित चलचित्र ‘ऐंचो पैंचो’ ले राजनीति र यसको प्रभावको कथा बोकेको छ। स्वस्तिमा खड्का, बर्षा राउत, मुकुम भुषाल, सुशील सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको चलचित्रको बुधबार प्रिमियर गरिएको थियो। प्रिमियरमा चलचित्रले मिश्रित प्रतिक्रिया बटुलेको छ। बिसेष गरि अभिनेत्री बर्षा राउतले प्रिमियरमा तारिफ बटुलिन्। सुशील सिटौला पनि प्रशंसाको पात्र बने। प्रिमियरमा प्रशंसा बटुलेको चलचित्रले हलमा दर्शकको कस्तो प्रतिक्रिया र साथ पाउने हो त्यो भने अग्निपरिक्षा रहनेछ। आक्रामक प्रचार गरेको चलचित्रको ‘काले केटाले ‘ बोलको क्रेज बजारमा रहेको छ। मल्टिप्लेक्सले पनि चलचित्रलाई सन्तोषजनक शोज दिएको छ।

सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘गणपति’ को प्रचार सामग्री मनछुने देखिएका छन्। तर प्रचार भने सुस्त। धेरैलाई चलचित्रको बारेमा जानकारी नै छैन। मुकुन भुसाल, मेनुका प्रधान, देवेन्द्र बब्लु, कविता न्यौपाने लगायतका कलाकारको अभिनय रहेको चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्