दोश्रो सातामा सलोन र केकीको ‘जय हो’ , अष्ट्रेलिया पछि कोरियामा प्रदर्शन हुदै


अभिनेता सोलन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘जय हो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको चलचित्र दोस्रो सातामा देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स, आईएनआई, बिएसआर, एफक्युब, विश्वज्योति, अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शन भैरहेको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए ।


टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रमा सुरज ल्वागन सरकार र राज के अधिकारीको लगानी रहेको छ। चलचित्रमा सलोन र केकी को साथमा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको छ। नेपालमा ठिकठाक व्यापार गरिरहेको चलचित्र विदेशमा समेत प्रदर्शन भैरहेको छ । अष्ट्रेलियामा प्रदर्शन भएको चलचित्र दक्षिण कोरियामा प्रदर्शनको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्