अभिनेत्री निता ढुंगानालाइ पितृशोक


अभिनेत्री निता ढुंगानालाइ पितृशोक परेको छ। निताका पिता सोमनाथ ढुंगानाको ८० बर्षको उमेरमा शनिबार निधन भएको निताले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएकी छिन्।

उनको आइताबार बिहान हेटौडाको त्रिवेणी धाममा अन्तिम संस्कार गरिएको छ। सानैमा आमा गुमाएकी निता पितासंग निकै निकट रहेकी थिइन्। निताले समाजिक संजाल मार्फत आफ्नो भगवानलाई गुमाएको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्