परदेशिएका युवाको पिडामा ‘बिरानो देश’ (भिडियो)


कामको शिलशिलामा अहिले पनि दिनहु हजारौ नेपाली प्रदेशिने गरेका छन्। दैनिक जीवनको गुजारा चलाउन आफ्नो घर, देश र परिवार छाडेर परदेशिएका युवाहरुको आफ्नै पिर र व्यथा रहने गरेको छ। तीनै परदेशिएका युवाको पिर र व्यथा समेटेर तयार पारिएको एक गीत सार्वजनिक भएको छ। परदेशिएका पति र स्वदेशमा रहेकी पत्नीको कस्तो मनोभाव र मनोदशा रहन्छ भन्ने कुरा गीतको अडियोमा स्पष्ट सुन्न सकिन्छ। गीतमा परदेशमा पुगेका एक युवाले आफ्नो देश र परिवार सम्झेर जीवन नै गुमाउने डर बीचमा बिताइरहेको जीवन दर्शाइएको छ।

द्रिप चाम्लिङ्गले लेखेका शब्दमा विश्व नेपालीको आवाज र सुरेश अधिकारीको संगीत रहेको छ। राजेश पूमा राईले निर्देशन गरेको भिडियो निकै आकर्षक र मनछुने बनेको छ। सनम कठायत र रोश्नी कार्कीको अभिनयले भिडियोमा थप प्राण भरेको छ। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्