कस्तो छ इओन र सिमोन फिचार्ड ‘दुई कदम’ को गीत ?


उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्र ‘दुई कदम’ को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा ताराप्रकाश लिम्बूको शब्द र संगीत रहेको छ। भिडियोमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

आगामी मंसिर २९ गतेबाट रिलिज चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । चलचित्रको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको चलचित्रको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन चलचित्रमा रहेको छ । रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले चलचित्रलाई वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्