पललाई बयानका लागी सरकारी वकिल कार्यलय कावासोती लगियो


बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागी गैडाकोट लगिएको छ। एक नाबालिग गायिकाले तनहुसंगै गैडाकोटमा पनि पल विरुद्ध जाहेरी दिएकि थिइन्। तनहुमा बयान पश्चात पललाई हिजो गैडाकोट लगिएको थियो। पललाई बयानका लागी नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको छ। तनहु जिल्ला अदालतले उनलाई १२ दिन म्याद थप गरि अनुसन्धानको अनुमति केहि दिन अगाडी दिईसकेको छ। दुवैतर्फ जाहेरी परेका कारणले गर्दा तनहु पश्चात उनलाई बयानका लागि गैडाकोट लगिएको हो।

प्रतिक्रिया दिनुहोस्