‘बुलाकी’ पोष्टरमा सुरक्षाको नयाँ रुप


आफ्नो अभिनय कलाले चलचित्रकर्मी र दर्शकको मन जित्न सफल बनेकी अभिनेत्री सुरक्षा पन्त मूख्य भूमिकामा रहेको चलचित्र ‘बुलाकी’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ।  सार्वजनिक गरिएको पोष्टरमा सुरक्षा कर्णालीकी एक महिलाको गेटअपमा प्रस्तुत भएकी छिन् ।लक्ष्मण सुनारको निर्देशमा तयार भएको चलचित्रले कर्णालीको जनजीवन र संस्कृतिको कथा बोल्नेछ।  मोती बिष्टको प्रस्तुतीमा टोपेन्द्र विष्टको निर्माणमा तयार भएको चलचित्र  डोल्पा, जाजरकोट र रुकुममा छायांकन गरिएको छ । चलचित्रमा सुरक्षाको साथमा नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्