आफ्नै लयमा ‘धुर्मुस-सुन्तली’: स्टेज कार्यक्रममा बढेको व्यस्तता र दर्शकको प्रेम


कुनै समय थियो स्टेजका हरेक जसो कार्यक्रममा ,धुर्मुस-सुन्तलीको जोडी देखिन्थ्यो। विदेशका कार्यक्रममा यो जोडीको व्यस्तता यति धेरै थियो की स्वदेश भन्दा विदेशको भूमिमा उनीहरुको बसाई ज्यादा थियो। अमेरिकाका दर्जनौ शोका लागी पुगेको बेला नेपालमा गएको महाभूकम्पले उनीहरुको कार्यक्षेत्र बदलियो। अभिनय छाडेर समाजसेवामा होमिए। एकीकृत नमुना बस्ती बनाएर भुकम्प पिडितको घाउमा मल्हम लगाए। तराईका मुसहारको बस्तीमा नयाँपन ल्याए। देश विदेशका नेपाली मनले दिल खोलेर सहयोग गरे। योजना अनुसारको काम बन्दै गयो।

धुर्मुस-सुन्तलीका योजना थपिदै गए। करोडका योजनाबाट अर्वको योजनामा पुग्दा धुर्मुस-सुन्तली थालिए। एकीकृत नमुना बस्तीबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको योजना बुनेका धुर्मुस-सुन्तलीलाई कार्य सम्पन्न गर्न सकस पर्यो। कबुल भएको सहयोग प्राप्त नहुदा, कोरोनाले अर्थतन्त्र थलिएको अवस्थामा धुर्मुस-सुन्तली रंगशाला निर्माणमा असफल बने। यो बीचमा अभिनयको कोर्स र कार्यक्रम बाट धुर्मुस-सुन्तलीले आफैलाई टाढा बनाउदै गए। धुर्मुस-सुन्तलीको नाम बाट पर पुग्दै समाज निर्माण गर्ने सिताराम कट्टेल र कुन्जना घिमिरे बने।

तर अब यो जोडी पुरानो लयमा फर्किएको छ। विवादका केहि बर्ष, असफल चलचित्र निर्माण , केहि सर्ट मुभी र गीतको भिडियो निर्माण पछि यो जोडी धुर्मुस-सुन्तलीकै रुपमा स्टेज फर्किएका छन्। उनीहरु झन्डै ८ बर्षपछी पोखराको स्टेजबाट कमव्याक गरे। धादिङ्गमा स्टेज पर्फर्मेन्स सकेको यो जोडी बर्दिया, कैलाली लगायतका ठाउमा आफ्नो प्रस्तुती दिदैछन्। यी दुवै दर्शकलाई भरपुर मनोरन्जन दिईरहेका छन्। समाज निर्माणका लागी दौडीदा दौडिदै कहिँ कतै समाज बाट छुट्दै गएको यो जोडी अव कलाकारिता मार्फत फेरी समाजसंग जोडिदै छ। यो जोडी अव चलचित्र निर्माणमा पनि फर्कने योजनामा रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्