‘वर एण्ड वधु’ मा आंचलसंग विवेकको जोडी


मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र  ‘वर एण्ड वधु’ निर्माण हुने खबर केहि समय अगाडी नै बाहिरिएको हो। चलचित्रमा बधुको भूमिकामा अभिनेत्री आंचल शर्मा देखिने पक्का भएको पनि लामै समय भयो।  मिलन र आंचलको चलचित्रमा यो पहिलो सहकार्य हो।  चलचित्रको मुख्य अभिनेताको खोजि केहि समय अगाडी बाट भैरहेको थियो । अव भने चलचित्रमा नव-नायकको प्रवेश भएको छ।  चलचित्रमा आंचलको वरको रुपमा विवेक कर्माचार्य देखिने पक्का भएको छ। माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका विवेक र आंचल चलचित्रमा वर र बधुको रुपमा देखिनेछन्।  चलचित्रको छायाँकन एकमहिनापछि सुरु हुने निर्माण टिमले जानकारी गराएको छ। चलचित्रमा नयाँ नायकहरुको खोजि भैरहेको र त्यसमा विवेकले सम्भावन देखाउनेमा निर्देशक चाम्स ढुक्क रहेका छन्।  कमेडी र प्रेमकथामा निर्माण हुने चलचित्र एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुदैछ।  चलचित्रका लागि उत्साहित रहेको बताउने आंचल यहि चलचित्रका लागि आफ्नो वजन समेत घटाइरहेकी छिन्। 

प्रतिक्रिया दिनुहोस्