समुन्द्रको नयाँ चलचित्रमा एलिजा र निश्चलको जोडी


समुन्द्र भट्टको निर्देशनमा तयार हुने नयाँ चलचित्रको घोषणा गरिएको छ। नाम तय नभएको चलचित्रमा एलिजा गौतम र निश्चल खड्काको जोडी बाँधिएको छ। लभ स्टोरी र क्राइम थ्रिलर जनरामा निर्माण हुने चलचित्र बैशाखबाट सुटिङ्गमा जानेछ। द स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको बारेमा अन्य केहि जानकारी गराईएको छैन। समुन्द्रको निर्देशनमा तयार भएको चलचित्र ‘गुन्यु चोली’ रिलिजको पर्खाइमा रहेको छ। चलचित्रको पोष्टरले नै चलचित्रलाई प्रतिक्षित बनाएको थियो।

‘लण्डन टू पेरिस’ को सुटिङ्ग भर्खरै सम्पन्न गरेका निश्चल नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका कलाकारको रुपमा हेरिएको छ। एलिजाले ‘अनुराग’ चलचित्रमा काम गरेपछि कुनै चलचित्रमा अभिनय गरेकी छैनन्। एक चलचित्रको घोषणा गरिए पनि निर्माण हुन् सकेन। म्युजिक भिडियोमा अभिनय गरिरहेकी एलिजा राजनीतिमा पनि संलग्न भईन्। एलिजा र निश्चलको केमेष्ट्रीलाई समुन्द्रले कुन रुपमा प्रस्तुत गर्ने हुन् त्यो हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्