मिलनको ‘फर्कन चाहन्छु’ मा रश्मि भट्ट


गायक मिलन श्रेष्ठको स्वरमा रहेको गीत ‘फर्किन चाहन्छु ‘ सार्वजनिक भएको छ। आसुसेन लामाको शब्द, संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ। देशमा बिध्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा कलाकार रश्मी भट्ट , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ। युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्