जनकपुरबाट पल र पूजाले सुरु गरे ‘रावायण’ को छायांकन


सुदर्शन थापाको निर्देशन तयार हुने चलचित्र ‘रावायण’ को छायांकन सुरुवात भएको छ। पल शाह र पूजा शर्मा प्रमुख भूमिकामा रहने चलचित्रको जनकपुरमा स्क्रिप्ट र क्यामेरा पुजा गर्दै छायांकन सुरुवात भएको छ । चलचित्रका मुख्य कलाकारहरू नायिका पूजा शर्मा, नायक पल शाह, कलाकार प्रमोद अग्रहरी, निर्देशक सुदर्शन थापा, छायांकार सौरभ लामा लगायतले क्यामेरा पूजा गरेका थिए ।

चलचित्रमा प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारको अभिनय रहनेछ ।

एक महिनासम्म काठमाडौं बाहिरका विभिन्न क्षेत्रमा छायांकन हुने चलचित्रमा शिवम् अधिकारीको लेखन, समीर मियाको भीएफएक्स, श्री श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ ।
भदौ २१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा पल दोहोरो भूमिकामा देखिदैछन्। यहि चलचित्रको लागी उनले एक्सन समेत सिकेका थिए ।

प्रतिक्रिया दिनुहोस्