भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक चलचित्र पुन: रिलिज तय


भजन शिरोमणी गायक स्व भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शनमा आउने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्र आगामी असार ७ गतेबाट पुनः प्रदर्शनमा आउने जानकारी गराइएको छ । १३ बर्षपछि चलचित्र पुन: प्रदर्शनमा आउन लागेको चलचित्रमा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराजले निर्वाह गरेका छन्। उनी चलचित्रका निर्माता समेत हुन् ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको यो चलचित्रमा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल लगायतको अभिनय रहेको छ । चलचित्रले २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनाको कथामा चलचित्र निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्