काठमाडौं महानगरपालिकाको मेयरमा भुवन केसीको उम्मेदवारी


आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् । स्वागत नेपालको नेतृत्वको उन्नत लोकतन्त्र पार्टीको तर्फवाट उनि मेयर पदको उम्मेदवार बन्ने भएका छन्। पार्टीले निकालेको विज्ञप्तिमा उनलाई उम्मेदवार चयन संगै पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि केसीलाई दिईएको उल्लेख गरिएको छ। केहि दिन अगाडीसम्म अभिनेता केसी राप्रपा प्रवेश गर्ने चर्चा रहेको थियो। तर उनि अन्ततः उन्नत लोकतन्त्र पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेका हुन। उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुला किताब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्