A vertical shot of the black cat in the dark darkness

मन लोभ्याउने नाजिरको लुक्स, ‘गुन्यु चोली’ कार्तिकमा रिलिज तय


अभिनेता नाजिर हुसेनले आफुलाई भर्सटायल अभिनेताको रुपमा प्रमाणित गरिसकेका छन्। हरेक चलचित्रमा आफुले पाएका चरित्रलाई सुन्दर ढंगले प्रस्तुत गर्न सफल नाजिरको एक चलचित्रको पोष्टरले सुरुवातबाट नै चर्चा पाइरहेको छ । पहिलो पोष्टरबाट नै चर्चा पाएको चलचित्र ‘गुन्यो चोलो (गुलाबी) ले नयाँ पोष्टर सार्वजनिक गरेको छ। निर्माण टिमले बिहिबार पोष्टर सार्वजनिक गर्दै रिलिज मिति समेत तय गरेको छ। अब चलचित्र कार्तिक ९ गते (अक्टोबर २५) बट रिलिज हुनेछ।
यो चलचित्रका लागी नाजिरले आफ्नो १६ केजी तौल घटाएका थिए । उनको मिहेनत चलचित्रको पोष्टरमा नै स्पष्ट देखिन्छ।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन। उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। उनको शरीरमा कहिँ कतै चोटको निशान छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ।

यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन। अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताकाे कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर-२’ यहीँ डिसेम्बरमा आउँदैछ।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त निर्माणमा तयार भएको हो । चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन।

प्रतिक्रिया दिनुहोस्