सलमान, दिपिका देखि प्रियंका कंगनासम्म, यसकारण थिएन रणवीर-आलिया विहेमा निम्ता


बलिउडको सर्वाधिक चासोमा रहेको विवाह समारोह हो, रणवीर कपुर र आलिया भट्ट । दुवैले विवाह गरेका छन् । वलिउडक सिमित आमन्त्रित पाहुनाको विचमा दुवैको विवाह सम्पन्न भएको थियो । बलिउडका थुप्रै स्टारकलाकार यो विवाह समारोहमा आमन्त्रित थिएनन्।

१. सलमान खान
सलमान खानको रणवीर कपुर र कपुर परिवारसंग राम्रो सम्बन्ध छैन । रामवीर कपुर बलिउडमा डेव्यु गर्नु अगाडी नै सलमान र रणवीरको झगडाको चर्चा रहेको थियो । एक क्लब र रणवीरले सलमानलाई राम्रो व्यवहार नगरेपछि सलमानले उनलाई थप्पड समेत हानेका थिए । जब बलिउडमा रणवीरको प्रवेश भयो रणवीरले सलमानकी प्रेमिका कट्रिना कैफसंग डेट गरेका थिए ।

२. कंगना रनावत
बलिउड किव्न कंगना रनावतको बिशेष गरि स्टार किड्ससंग छत्तिसको आंकडा रहेको छ। अझ अलियाको पछिल्लो चलचित्र ‘गंगुवाई काठियावाली’ मा उनको अभिनय प्रति कंगनाले खुलेर आलोचना गरेकी थिइन् । यता रणवीरलाई कंगनाले कमेन्ट गर्न छाडेकी छैनन् । रणवीर र अलिया दुवै कंगनाको निशानामा पर्ने गर्दछन् ।

३. कट्रिना कैफ
रणवीर- आलियाको विवाहमा निमन्त्रणा नपुगेकी अर्की अभिनेत्री हुन्, कट्रिना कैफ । कट्रिना रणवीरकी एक्स- प्रेमिका हुन् । दुवैको सम्बन्ध बिग्रिएको थियो । यता रोचक प्रसंग के छ भने कट्रिना आलियालाई आफ्नो बहिनि मान्ने गर्थिन् । तर रणवीर- आलियाको सम्बन्ध उनले मिडियाबाट थाह पाएकी थिइन् । यसकारण पनि उनि रुष्ट रहेकी थिइन् ।

४. सिद्धार्थ मल्होत्रा
संगै डेव्यु गरेका अलिया र सिद्धार्थ लामो समय प्रेममा थिए । दुवैले मिडियामा यसको बारेमा मौन स्वीकृति पनि दिएका थिए । तर पछी दुवैको ब्रेकअप भयो र सम्बन्ध राम्रो रहेन ।

५. गोविन्दा
बलिउड सुपरस्टार गोविन्दा पनि यो विवाहमा आमन्त्रित थिएनन् । रणवीर कपुरसंग गोविन्दाको सम्बन्ध राम्रो छैन । चलचित्र जग्गा जासुसमा गोविन्दाको भूमिका रहेको र उनले अस्वस्थ हुदा हुदै पनि चलचित्रको सुटिङ्ग गरेका थिए। तर पछी उनको सवै सिन काटियो । दुवैको सम्बन्ध सुमधुर रहेन ।

६. दिपिका पादुकोण
बलिउड स्टार अभिनेत्री दिपिका पादुकोण पनि यो विवाहमा आमन्त्रित छैनन् । दिपिका रणवीरकी पुर्व प्रेमिका हुन् । दुवै गहिरो प्रेममा थिए । रणवीरले दिपिकालाई धोका दिएका थिए। सोहि कारण उनको सम्बन्ध कपुर परिवारसंग राम्रो छैन ।

७. शाहिद कपुर

बलिउडमा शाहिद कपुर र करिना कपुरको प्रेम चर्चा निकै लोकप्रिय थियो । दुवैको प्रेम र केमेष्ट्री दुवैको चर्चा थियो। करिनाले शैफ अलि खानसंग विवाह गरिन् ।

८. प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडा पनि यो विवाहमा आमन्त्रित थिइनन् । उनको रणवीर कपुरसंग राम्रो सम्बन्ध रहेको छैन।

प्रतिक्रिया दिनुहोस्