‘कैदीको पात्र’ का पोष्टर रिलिज


नयाँ बर्षको अवसर पारेर चलचित्र ‘कैदीको पत्र’ को फस्टलुक सार्वजनिक भएको छ । साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पात्र’ मा आधारित चलचित्रलाई सनमकुमार बैरागीले निर्देशन गरेका छन् । चलचित्रमा पटकथा संवाद निर्देशन वैरागीको नै रहेको छ । स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोलगायतका स्थानमा खिचिएको चलचित्रमा सुवर्ण थापा, सलिना थापामगर, कुनाल व्श्व, मनिष श्रेष्ठ लगायतका नेपाली कलाकारको साथमा बेलायती कलाकार माडिशन लाजारोश, क्यारी डुड्स, लरेन्स वेस्टवरी, फस्तासका अभिनय रहेको छ ।
बेलायतका लागी तत्कालीन नेपाली राजदुत दुवसु क्षेत्रीको पनि चलचित्रमा अभिनय रहेको छ । हिराल जोशी, नानी हेरा, कैलाश बिश्वकर्मा र दील घले चलचित्रको निर्माताको रुपमा रहेका छन् । आरआर फिल्म्सले वितरण गर्ने चलचित्रको रिलिज मिति तय हुन बाँकि रहको छ ।

प्रतिक्रिया दिनुहोस्