विहेको तयारीमा मेलिना, संजिव बराइलीसंग इन्गेजमेन्ट


गायिका मेलिना राईले एरेन्जर संजिव वराइलीसंग इन्गेज्मेन्ट गरेकी छिन्। केहि बर्ष देखिको प्रेमलाई दुवैले विवाहाको नाम दिने तयारी गरेका हुन्। लामो समय देखि प्रेममा रहेको यो जोडीले केहि बर्ष अगाडी नै औंठी साटिसकेको चर्चा चल्ने गर्दथ्यो। तर मेलिनाले अव भने दुवैको इन्गेजमेन्ट तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन् । दुवैले यसैबर्ष विवाह गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्