‘बिच्च बिच्चमा सिरिजलाई बिट मार्ने योजनामा दुर्गेश


काठमाडौँ । कलाकार दुर्गेश थापाले यस वर्षको तीजको कोसेली ‘बिच्च बिच्चमा–७’ बजारमा ल्याउने तयारी गरेका छन् ।

कालाकार थापाले आफूलाई सात नम्बर निकै फलदायी हुने भन्दै तीजको कोसेली ‘बिच्च बिच्चमा–७’ बजारमा ल्याउन लागेको जनाएका छन् । उनले ‘बिच्च बिच्चमा–७’ बजारमा ल्याएसँगै बिच्च बिच्च सिरिजलाई बिट मार्ने योजनामा रहेको बताएका छन् ।

उनले हरेका बर्ष तिज पर्व नजिकिँदै गर्दा गीत–सङ्गीतको माध्यमबाट आफ्ना गीति अभिव्यक्तिहरू प्रस्तुत गर्दै आइरहेका छन् । आइतबार गरिने उक्त गीतको छायाङ्कन काभ्रेको विभिन्न ठाउँमा हुने उनले बताए।  

प्रतिक्रिया दिनुहोस्