व्यवसायमा सलोन, करोड बढी लगानीमा सुरु गरे लाउन्ज


अभिनयले दर्शकको मन जित्न सफल कलाकार सलोन बस्नेतले व्यवसायमा हात हालेका छन् । उनले ललितपुरको झम्सिखेलमा आसन लाउन्ज एण्ड बार संचालनमा ल्याएका हुन् । एक करोड बढी लगानी बताईएको बारमा उनिसंगै रविन कंडेलको लगानी रहेको छ । बारमा सफिक हप ब्यान्डले हरेक दिन आफ्नो लाइभ प्रस्तुती दिनेछन् । एक पटकमा १ सय ५० जना भन्दा बढीले सेवा लिन सकिने बारमा मिटिङ्ग हल ,सभा हलको समेत सुविधा रहेको सलोनले बताए।

प्रतिक्रिया दिनुहोस्