रिलिज मिति तय गर्दै केकीको ‘सिल्ली फो’ पोष्टर रिलिज


असार ३१ लाई रिलिज मिति तय गर्दै चलचित्र ‘सिल्ली फो’ को पोष्टर सार्वजनिक गरिएको छ। कमेडी विधामा आधारित चलचित्रमा केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। चारजना बदमास पात्रको कथा बोल्ने चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका छन्। मनोज डीकेको निर्माण रहेको चलचित्रमा विशाल श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्