रोहितसंग धपक्कै बलेकी केकी


अभिनेत्री केकी अधिकारि विहिबार वैवाहिक जीवनमा बाधिएकी छिन्। अत्यन्तै गोप्य राखिएको वैवाहिक समारोहको चर्चा बुधबारबाट नै नेपाली चलचित्र नगरीमा गर्माएको थियो। बुधबार मेहेन्दी सेरेमोनी गरेकी केकीले बिहिबार रोहित तिवारीसंग लगनगाँठो कसेकी छिन्।

हाम्रो बजार डटकमका सिईयो तथा फुडमारियोका सह-संस्थापक र सीईयो तिवारीसंग केकी केहि समयबाट प्रेममा रहेकी थिइन्। एकदमै गोप्यो राखिएको वैवाहिक समरोहमा रोहित र केकीको परिवारका सदस्यको साथमा केकीका केहि निकट साथीको उपस्थिति रहेको बताइएको छ।

सामाजिक संजालमार्फत आफ्नो विवाहको तस्विर सार्वजनिक गर्दै केकी लेख्छिन् , ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार-चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विस्वस्त छौँ ।’

प्रतिक्रिया दिनुहोस्