‘ए मेरो हजुर ४’ लाई लिएर झरना र सुहानाले मागे माफी


पछिल्लो समय चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज भएको छ । झरना थापा निर्देशित चलचित्रले मिश्रित प्रतिक्रिया पाईरहेको बेलामा लैंगिक अल्पसंख्यक समुदायले चलचित्रमा प्रस्तुत पात्रलाई लिएर विरोध जनाएका छन् । चलचित्रका तीनै सिरिजमा लैंगिक अल्पसंख्यकलाई प्रस्तुत गरिएको छ । तर जुन पात्र चित्रण गरिएको छ उक्त शैलीलाई लिएर आवाज उठेपछी निर्देशक झरना थापा र अभिनेत्री सुहाना थापाले माफी मागेका छन् ।

सामाजिक संजालमा स्टोरी पोष्ट गर्दै दुवैले लैंगिक अल्पसंख्यक समुदायलाई मजाकको बिषयको रुपमा चित्रण गर्ने उदेश्य नरहेको भन्दा मागी मागेका छन् । आफुहरुले सधै समुदायप्रती सम्मान राखेको र चलचित्रमा पात्रो संवाद, प्रतिनिधित्च र चित्रणमा चुकेको भन्दै दुवैले माफी मागेका हुन् । तर हामीले हाम्रो चलचित्र मार्फत समुदाय र यहाँ रहेका हरेक व्यक्तिको भावनामा ठेस पुर्याउन खोजेका हैनौ । आगामी चलचित्रमा सहि संदेश प्रवाह गर्ने प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्