नेपाल बस्ने कि अमेरिका?, बर्षा भन्छिन्, ‘श्रीमान जहाँ म त्यहीँ’


अमेरिका बसोबास गर्ने आशिष गेलालसंग अभिनेत्री बर्षा शिवाकोटीले बैशाख ९ गते विवाह गरिन् । प्राइभेट विवाह समारोहको बारेमा धेरै चलचित्रकर्मी र उनका नजिकका साथीसमेत वेखबर थिए। निकटका चलचित्रकर्मी पनि उनको विवाहमा आमन्त्रित थिएनन्। पारिवारिक सहमतिमा भएको विवाह पनि पारिवारिक उपस्थितिमा सम्पन्न गरिएको थियो। विवाहको केहि समयमा नै आशिष अमेरिका फर्कीसकेका छन्। केहि दिन पोखर र आसपासका क्षेत्रमा साथ समय विताएर आशिष अमेरिका फर्केका हुन्।

आशिष अमेरिका फर्किएपछी बर्षा आफ्नो पछिल्लो रिलिज चलचित्र लक्का जवानको प्रमोशन र हल भिजिटमा देखिएकी छिन् । यहि बीचमा उनले सामाजिक संजाल इन्स्टाग्राममा बर्षाले फ्यानसंग प्रश्नोत्तर गरेकी छिन्। उनलाई फ्यानले उनको विवाह र भविष्यको योजनाबारे प्रश्न गरेका छन्। उनलाई एक फ्यानले ‘प्रेम विवाह की मागी विवाह ?’ भनेर प्रश्न गरेका छन्। उनले जवाफमा ‘दुवै’ भनेकी छिन् । त्यस्तै अर्का एक फ्यानले ‘अव नेपालमै बस्ने कि अमेरिका? भनेर प्रश्न गर्दा उनले ‘श्रीमान जहाँ म पनि त्यहि’ भन्ने जवाफ फर्काएकी छिन्।


उनका श्रीमान अमेरिकामा नै सेटल रहेका छन्। सोहि कारण उनि नेपाल सेटल हुने सम्भावना कम देखिएको छ। बर्षाको जवाफको आशयले पनि उनि अव श्रीमान् संग अमेरिका सेटल हुने सम्भावना देखिएको छ। बर्षा अभिनित दुई चलचित्र ‘ए साथी सुन्’ र ‘परदेशी २’ रिलिजको पर्खाइमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्