A vertical shot of the black cat in the dark darkness

दशैमा प्रदिपको ‘प्रेमगीत ३’, ३ बर्षको प्रतीक्षा कति चुनौतीपूर्ण ?


कोरोना कहरका कारण प्रदिप खड्का स्टारार चलचित्र ‘प्रेमगीत ३’ ले पटक पटक रिलिज मिति परिवर्तन गर्न पर्यो । २०७६ को चैत्र २८ गतेलाई रिलिज मिति तय गरेर प्रचारप्रसारमा लागेको चलचित्रको रिलिज मिति रोकियो। लामै समय कोरोनाले थालिएपछि निर्माण टिमले भारतमा पनि रिलिज गर्ने तयारीमा साथ हिन्दि डब सुरु गर्यो। सम्पूर्ण तयारी सकेर भारत र नेपालमा एकसाथ रिलिजका लागी निर्माण टिमले फागुन १३ गतेलाई नया रिलिज मिति तोक्यो । तर फेरी सुरु भएको कोरनाको सन्त्रासले चलचित्रको रिलिज मिति रोकियो।

पछिल्लो पुस्ताका स्टार कलाकार प्रदिप खड्कालाई दर्शकले हलमा हेर्न नपाएको ३ बर्ष पुरा भैसक्यो। तर अव भने दर्शकले बहुप्रतिक्षित चलचित्रलाई दशैमा हेर्न पाउने भएका छन्। दशैको छेको पारेर असोज ७ गतेलाई चलचित्रको रिलिज मिति तय गरिएको छ। निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति तय गरेको हो। सन्तोष शेनको निर्माणमा तयार भएको यो प्रोजेक्ट सवैका लागी प्रतिक्षित रहेको छ भने ३ बर्ष पछि हलमा आफ्ना दर्शक फर्काउन प्रदिपका लागी परीक्षा समेत रहेको छ।


सन्तोष शेन र स्व छेतेन गुरुङ्गले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीपको जोडीका रुपमा नव-नायिका क्रिष्टिना गुरुङ्ग रहेकी छिन्। चलचित्रमा शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतका कलाकारको अभिनय रहेको छ।
दशैमा नै अरु २ चलचित्र रिलिजको पर्खाइमा रहेका छन्। नारायण राइमाझि निर्देशित ‘परदेशी २’ र सफल चलचित्र छक्का पन्जाको चौथो सिक्वेल दशैमा आउने तयारीमा छन्। परदेशी २ ले १४ गतेलाई रिलिज मिति तय गरेको छ भने हल ट्रेलरमा छक्का पञ्जा ४ असोज ७ मै आउने जानकारी गराईएको छ।

प्रतिक्रिया दिनुहोस्