मन छुने संवाद र आँखा रसाउने दृश्यले भरिएको स्वस्तिमाको ‘चिसो मान्छे’


दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ । बरिष्ठ कलाकार देशभक्त खनाल, अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापालाई मुख्य रुपमा चित्रण गरिएको ट्रेलर निकै आकर्षक बनेको छ।

पोष्टर सार्वजनिक देखि नै निकै चासोका साथमा हेरिएको चलचित्रको ट्रेलर मन छुने बनेको छ। स्वस्तिमाको अभिनय र डाइलगले दर्शकको आँखा रसाउने पक्का देखिन्छ। असार ३ गतेबाट रिलिज हुने चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्