भव्य रेडकार्पेटमा बोल्ड आंचल, ‘वर एण्ड बधु’ का लागी उत्साहित


निर्देशक मिलन चाम्स चलचित्रको क्यानभासलाई मात्र हैन चलचित्रका कार्यक्रमलाई पनि भव्य बनाउन कुनै कसर राख्दैनन्। त्यस्तै भयो उनको नयाँ चलचित्रको घोषणा कार्यक्रम पनि। ‘वर एण्ड बधु’ चलचित्रको घोषणा कार्यक्रममा उनले रेड कार्पेटमा कलाकारलाई हिडाएर सुरुवात गराए।

भव्य शैलीमा घोषणा गरिएको चलचित्रको कलाकार लाइनअप पनि उत्तिकै दरिलो बनाउने कोसिस मिलनले गरेका छन्। चलचित्रमा आंचल शर्मा मुख्य भूमिकामा रहेकी छिन् । कालो गाउनमा निकै बोल्ड बनेर पुगेकी आंचल रेड कार्पेटमा छाएकी थिइन् । नव नायक विवेक कर्माचार्यले पनि सोहि लाइमलाइटको अवसर पाए।

विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्का चलचित्रमा कलाकारको रुपमा रहेका छन्। साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्रमा बिशेष भूमिकामा रहेनछन् । जेठ अन्त्यबाट सुटिङ्ग तयारीमा रहेको चलचित्रलाई रोमानिया, इटाली, फ्रान्स र नेपालमा खिचिनेछ। चलचित्र नेपाली र हिन्दि भाषामा रिलिज हुनेछ। तीन करोड रुपैयाँ बजेट बताइएको चलचित्रलाई एलआरके इन्टरटेनमेन्टले निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्