‘मोहर’ टिमले चलचित्र ‘ढुकढुकी’ बनाउदै
चलचित्र ‘मोहर’ को टिमले नयाँ चलचित्रको घोषणा गरेको छ। नयाँ बर्षको अवसर पारेर चलचित्र ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो। फिल्ममेकर प्रा.लिको प्रस्तुतिमा तयार हुने चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन रहनेछ।

चुम्बन जंग शाही निर्माता रहने चलचित्रको छायांकन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । चलचित्रका लागि अहिले कोही पनि कलाकारहरु फाइनल गरिएको छैन । यसअघि ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए । यो चलचित्रको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब, ओम आफै ‘ढुकढुकी’ नाममा चलचित्र बनाउन अगाडि सरेका छन् ।
ओमले निर्देशन गरेको तथा चुम्बन जंग शाहीले निर्माण गरेको चलचित्र ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो चलचित्रको रिलिजपछि ‘ढुकढुकी’ को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।