कृष्ण र शान्तीश्रीको ‘जोर धाराको पानी’ मा पुष्प र जुनाको छमछमी


गायक कृष्ण देवकोटा र गायिका शान्ती श्री परियारको स्वरमा ‘जोर धाराको पानी’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण देवकोटाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने विश्वास गायक देवकोटाको छ ।

यो गीतको भिडियोलाई मौसमी हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा नायक पुष्प खड्का र मोडल जुना सुन्दासले नृत्य गरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्