चलचित्रमा डेव्यु गर्दै गरिमा शर्मा


म्युजिक भिडियोबाट अव मोडल गरिमा शर्मा चलचित्रमा प्रवेश गरेकी छिन्। एबी इन्टरनेशलको प्रस्तुतीमा निर्माण हुने चलचित्र ‘लण्डन टु पेरिस’ मार्फत गरिमाले ठुलो पर्दामा डेव्यु गर्न लागेकी हुन्। घनश्याम लामिछानेको निर्देशनमा तयार हुने चलचित्रका लागी निर्माण कम्पनी र गरिमाले लिखित सम्झौता गरिसकेका छन्।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेकी छिन् । ट्राभल कथामा आधारित चलचित्रे तीन केटा र तीन केटिको कथा बोल्ने बताईएको छ। असार तेश्रो साताबाट लन्डन, म्यानचेस्टर, वेल्स र पेरिसमा चलचित्रको सुटिङ्ग गर्ने तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्