बलिउड बक्स अफिसमा कमजोर कंगना, लगातार ९ चलचित्र फ्लप


बलिउडमा स्पष्ट अभिव्यक्ति र सुन्दर अभिनयका कारण कंगना रनावतको चर्चा सधै रहने गर्दछ । बिशेष गरि बलिउडमा हुने परिवारवाद र नातावादको खुलेर उनि विरोध गर्ने गर्दछिन्। अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणपछी र पुरा वलिउड एकातिर कंगना अर्कोतर्फ भएकी थिइन्। खरो टिप्पणी गर्ने कंगनाको स्वभाव र रवाफको प्रभाव उनका चलचित्रमा देखिन थालेको छ। बलिउड किव्न गर्ल बक्स अफिसमा समेत क्विन रहेकी थिइन्। हिरोलाई फ्लप खुवाउदै एकै दर्शक हलमा तान्ने क्षमता राख्ने कंगनाका लगातार चलचित्र फ्लप भैरहेका छन्। बलिउडका खबरलाई मान्ने हो भने उनका ९ चलचित्र लगातार फ्लप भएका छन् ।

१. ‘आई लभ एनवाई’
सन्नी देवल र कंगना मुख्य भूमिकामा रहेको चलचित्र २०१५ मा र्लिज भएको थियो र बक्स अफिसमा पत्तासाफ भएको थियो ।

२. कट्टी बट्टी
इमरान खानसंग जोडी बाधेर २०१५ मै रिलिज भएको कंगनाको यो चलचित्र पनि फ्लप भएको थियो ।

३. रंगुन
शाहिद कपुर कंगनाको यो चलचित्र २०१७ मा रिलिज भएको थियो । यो कंगनाको अर्को फ्लप चलचित्र रहेको थियो ।

४. सिम्रन
अभिनयमा कंगनाले निकै राम्रो तारिफ बटुले पनि २०१७ मा रिलिज भएको यो चलचित्र पनि बक्स अफिसमा असफल भएको थियो ।

५. मनिकर्निका
भारतीय इतिहास बोकेको चलचित्रको बखत कन्ट्रोभर्सी किव्नको रुपमा कंगना स्थापित भइन् । दर्शकको मन जिते पनि चलचित्रले निर्मातालाई भने राहत दिन सकेन। झन्डै १०० करोड बजेट रहेको चलचित्रले ९० करोडको हाराहारीमा व्यापार गरेको थियो ।

६. जजमेन्टल हे क्या
राजकुमार राव संग जोडी बाधेर हलमा आएको चलचित्रको अभिनयले कंगनाले मन जितिन् । तर २०१९ को अर्को फ्लप चलचित्रमा यो पनि गनियो ।

७. पंगा
सकारात्मक समिक्षाका बाबजुत पनि कंगनाको पंगा फ्लप बन्यो ।

८. थलाइवी

पुर्व अभिनेत्री तथा तामिल नाडू मुख्य मन्त्री जय ललिताको बायोपिक चलचित्रमा कन्गनको अभिनय उत्कृष्ट रह्यो। तर हलमा दर्शकको उपस्थिति नरहदा उनको करियरको डिजास्टर चलचित्र बन्यो ।

९. धाकड
भर्खरै रिलिज भएको चलचित्र ‘धाकड’ बक्स अफिसमा फ्लप भन्यो। यो उनको लगातार ९ औ फिल्म फ्लप हो।

तस्विर : गुगल

प्रतिक्रिया दिनुहोस्