A vertical shot of the black cat in the dark darkness

गन्तव्यमा सुरक्षा र निराजनको एक्सन (भिडियो)


आरके खत्रीको आवाजमा रहेको नयाँ गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ। रोमन देवान र सुर्य अधिकारीको शब्द रहेको गीतमा सुर्य अधिकारीको र्याप रहेको छ। गीतमा प्रकाश लामाको संगीत संयोजन रहेको छ। आर के खत्रीले गीतमा मेलोडी म्युजिक भरेका छन्।

गीतको भिडियोलाई हरि हुमागाईले निकै आकर्षक बनाएका छन्। भिडियोमा सुरक्षा पन्तको एक्सन अवतार देखाइएको छ। ‘जोरी टोलोरेन्स’ को थिमलाई आधार बनाएर तयार पारिएको भिडियो हरिकै कन्सेप्टमा निर्माण भएको हो। सुरक्षालाई भिडियोमा निराजन प्रधानले साथ दिएका छन्। दुवैको काम तारिफयोग्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्