राप्रपाको देशव्यापी अभियानमा रेखाले बढाएको सक्रियता


अभिनेत्री रेखा थापा राप्रपा बाट राजनीतिमा होमिएको केहि बर्ष भयो। चलचित्र अभिनयमा आफुलाई अब्बल साबित गरेकी रेखा राजनीतिमा पनि आफ्नो उपस्थिति दरिलो बनाउने अभियानका साथ लागेकी छिन्। राजेन्द्र लिङ्गदेनको नेतृत्वमा रहेको राप्रपाको देशव्यापी अभियानमा रेखा यतिबेला जुटेकी छिन्।

स्थानिय निकायको चुनाव नजिकिदै गर्दा रेखा देशभरका पार्टीका कार्यक्रममा आफुलाई उपस्थित गरिरहेकी छिन्। रेखा परिवर्तन र राजनीतिमा नयाँ पुस्ताको नेतृत्वका लागी जनतालाई आह्वान गरिरहेकी छिन्। परिवर्तन र विकासका लागी राजनीति अनिवार्य रहेको र त्यसका लागी राजनीतिक नेतृत्व समेत परिवर्तन हुनपर्नेमा रेखाको जोड रहेको छ।

प्रतिक्रिया दिनुहोस्