‘लण्डन टू पेरिस’ : साम्राज्ञीसंग निश्चलको जोडी


घनश्याम लामिछानेको निर्देशनमा तयार हुने चलचित्रको कलाकार लाइनअप निर्माण टिमले बिस्तारै पुरा गर्दै गएको छ। साम्राज्ञी राज्य लक्ष्मी शाह बाहेक चलचित्रमा धेरै कलाकार नयाँ देखिने भएको छ। चलचित्रमा साम्राज्ञीको जोडीका रुपमा निश्चल खड्का देखिने भएका छन्। निश्चल फेसन मोडलिङमा सक्रिय छन्। मोडलिङको संसारमा उनको लुक्सलाई लिएर निकै चर्चा हुने गर्दछ। तर नन-एक्टर निश्चलले अभिनयमा कस्तो कमाल देखाउने हुन् त्यो चलचित्र निर्माण पछी थाह हुनेछ।

चलचित्रमा लम्फु अभिनेता कविर खड्काको जोडीको रुपमा गरिमा शर्मा देखिदैछिन्। गरिमाको पनि यो डेव्यु चलचित्र हो। लम्फूमा खासै सफलता नपाएका कविर पनि राम्रो चलचित्रको पर्खाइमा रहेका छन्। असारबाट बेलायत र फ्रान्समा सुटिङ्ग गर्ने तयारीमा निर्माण टिम रहेको छ। यात्राको कथा बोल्ने प्रेमकथानक चलचित्रको सफलताले नेपाली चलचित्रमा केहि नयाँ अनुहारको प्रवेश हुने भने पक्का रहेको छ। प्रदिप भारद्धाजको पटकथा रहेको चलचित्र एबी इन्टरनेसनलको व्यानरमा निर्माण हुदैछ।

प्रतिक्रिया दिनुहोस्