फेरी चलचित्रमा एकसाथ देखिदै अनमोल र जसिता


नेपाली चलचित्र क्षेत्र मा सफल र प्रतिष्ठित ब्यानर सिनेमा आर्टले नयाँ चलचित्र निर्माणको तयारी थालेको छ। रौनक बिक्रम कंडेलको निर्माण र सुयोग गुरुङको निर्देशनमा चलचित्र निर्माणको तयारी थालेको हो। निर्माता कंडेल र सुयोगबीच कागजी सम्झौता भैसकेको छ।

चलचित्रको मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ पनि अनुबन्ध भएका छन्। सिनेमा आर्टले बिहीबार निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङसँग औपचारिक रूपमा सम्झौता गरेको हो। पछिल्लो समय निकै रुचाइएको जोडी अनमोल केसी र जसिता गुरुङ पुनः एकसाथ पर्दामा देखिन लागेका हुन्।
चलचित्रको शीर्षक भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। निर्माता कडेलका अनुसार चलचित्रको नाम र अन्य विवरण उपयुक्त समयमा सार्वजनिक गरिनेछ। छायांकन आगामी मंसिरदेखि सुरु गर्ने तयारी रहेको उनले बताए।

निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले पनि सिनेमा आर्टको नयाँ चलचित्रमा आफूहरू अनुबन्ध भएको पुष्टि गरेका छन्। ‘ए मेरो हजुर ५’ पछि अनमोल केसी सिनेमा आर्टको नयाँ चलचित्रमा व्यस्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस्