अशोक र नीताको ‘पार्वती’ को मनछुने ट्रेलर रिलिज
अभिनेत्री निता ढुंगानाको निर्देशनमा तयार भएको चलचित्र ‘पार्वती ‘ को मनछुने ट्रेलर सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक ४ मिनेट लामो ट्रेलरले चलचित्रको कथा सार बोलेको छ। ट्रेलरमा मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदीभाईको सम्बन्ध, प्रेम र आएको उतारचढावको कथा प्रस्ततु छ।

अटिजम भएकी दिदीको माया र भाईको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ। चलचित्रको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा चलचित्रमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको अभिनय रहेको छ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको चलचित्रको नृत्य निर्देशन रामजी लामिछानेको छ। चलचित्रको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्।







