प्रदिप भन्छन्,’चलचित्र क्षेत्रमा केहि स्थान बनाउन गरेको संघर्षको नजिता हो प्रकाश’


अभिनेता प्रदिप खड्का लामो समय पछी हलमा दर्शकलाई भेट्न आउदैछन्। चकलेटी लुक्समा देखिदै आएका प्रदिपलाई यो पटक दर्शकले ‘प्रकाश’ को रुपमा देख्दैछन्। भिन्न परिवेश भिन्न चरित्र प्रदिपले यसमा निर्वाह गरेका छन्। सार्वजनिक टिजरबाट नै दर्शकको मनमा ठुलो कौतुहलता जागिसकेको छ।

उनै प्रदीपले आफ्ना लागी प्रकाश निकै बिशेष रहेको भन्दै लामो स्टाटस लेखेका छन्। उनले आफुले चलचित्र क्षेत्रमा केहि स्थान बनाउन गरेको संघर्षको नतिजा प्रकाश भएको उल्लेख गरेका छन्।

यस्तो छ उनको स्टाटस:

मेहनत र कला प्रतिको इमान्दारीतामा विश्वास राख्दै यस क्षेत्रमा केही स्थान बनाउन गरेको सङ्घर्षको एउटा नतिजा भदौ १० गते प्रदर्शन हुने चलचित्र “प्रकाश” जुन मेरो लागि कलाकारको हिसावले केही विशेष छ।
यस चलचित्रमा काम गर्ने क्रममा, कला र कलाकारिता प्रतिको हेर्ने मेरो दृश्टिकोणमा नै परिवर्तन आएको छ। एउटा पात्र मार्फत सम्पूर्ण कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै, पात्रलाई न्याय गर्न उसको वस्तुस्थिती देखि भावनाहरु समेतलाई बुझ्ने हेतुले, मैले जुम्लेली लवज सिक्ने देखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौँ दिनहरु बिताएकोछु। सोही क्रममा एउटा कलाकारले ‘पात्र र कलाकारिता’ लाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नै नयाँ आयाम थपिएको मैले महसुस गरेकोछु।
दर्शकहरुको माया नै, कलाकारको ठूलो कमाइ हो। यस चलचित्रको ‘फस्ट लुक’ र ‘टिजर’ हेरिसकेपछि, हाम्रो मेहनत प्रतिको यहाँहरुको सकारात्मक प्रतिक्रियाले, मलाई हाम्रो मेहनत खेर नजाने कुरामा एकदमै आशावादी तुल्याएको छ। यहाँहरुको माया र साथ, चलचित्र प्रदर्शन पश्चात पनि निरन्तर रहिरहने छ भन्ने कुरामा हामी पूर्ण रुपमा विश्वस्त भएकाछौँ।

प्रतिक्रिया दिनुहोस्