A vertical shot of the black cat in the dark darkness

आमाबाबु पछी जी-बब मिडियामा, ‘परिवारले पैसाका लागि मात्र खोजेको हो।’


र्यापर जी-बब र उनका आमाबाबु बीच तनाव बढेपछी जिल्ला प्रशासन कार्यलयमा काठमाडौंमा उजुरी परेको छ । दुवैले एकअर्का विरुद्ध उजुरी दिएका छन्। आमाबाबुले आफुलाई रिहाब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै जी-बबले उजुरी दिएका थिए। त्यसको विरुद्धमा आमाबाबुले पनि प्रशासनमा जाहेरी दिएका छन्।

जाहेरीपछी जी-बबमा बाबु आमा मिडियामा आएर आफ्नो छोराको जीवन बचाउन र एएनटिएफ बाट आफ्नो छोरालाई बाहिर ल्याउन अपिल गरेका थिए। उनीहरुले छोराको अवस्था विग्रिएको, कुलतमा फसेको र छोराको कमाईको हिसाव समेत प्रस्ट नदेखाएको आरोप लगाएका छन्। मिडियामा आउनु अगाडी दुवैलाई प्रहरीले बोलाएर छलफल समेत गराएको थियो। छलफल निष्कर्षमा नपुगेछी फेरी सोमबार दुवैपक्षलाई बोलाइएको छ।

आमाबाबु मिडियामा आएपछी जी-बब समेत मिडियामा आएका छन्। उनले आफुलाई आमाले बन्धक जस्तो बनाएर राखेको, रिहाबमा समेत झन् टर्चर दिएको बताएका छन्। उनले आफु बच्चा नरहेको र आफ्नो निर्णय आफै लिन सक्ने समेत बताएका छन्। परिवारले उठाएको स्वास्थ्यको बिषयमा बोल्दै आफु पहिले भन्दा स्वस्थ रहेको बताएका छन्। उनले पैसाका लागी मात्र खोज्दै आएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्