A vertical shot of the black cat in the dark darkness

मंगलबार शरदसंग विवाह गर्दै इन्दिरा, हेर्नुहोस् मेहेन्दीका तस्विर


गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासंग जेठ ३१ गते मंगलबार विवाह गर्ने तयारी गरेकी छिन्। यसको जानकारी उनले आफ्नो सामाजिक संजाल मार्फत गराएकी छिन्। केहि बर्षबाट प्रेममा रहेको यो जोडीको इन्गेजमेन्ट भिडियो केहि समय अगाडी निकै चर्चित बनेको थियो।


इन्दिराले मेहेन्दी सकेपछि विवाहको बारेमा जानकारी गराएकी हुन्। इन्दिराले भगवान र आफ्नो परिवारको आशिर्वाद सहित विवाहको खबर सुनाउन पाउँदा निकै हर्ष महसुस भएको बताएकी छिन्। उनले आफु र शरद प्रति शुभेच्छा राख्ने सवैलाई आभार व्यक्त गर्दै आगामी जीवन अझ सुन्दर रहने आशा राखेकी छिन्।

उनले आफ्नो मेहेन्दीको तस्विर समेत सार्वजनिक गरेकी छिन्। इन्दिरा नेपाली संगीतकी सफल गायिका, रियालिटी शोज कि जज हुन् भने शरद फेसन डिजाइनर हुन्।

तस्विर: गायिका इन्दिरा जोशीको सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्