गायक करण राईको ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्म सार्वजनिक
गायक करण राईको ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्म सार्वजनिक भएको छ । द भ्वाईस अफ नेपाल सिजन ४ का बिजेता गायक करणले निकै समयपछि फरक शैलीको सिर्जना दर्शकमाझ ल्याएका हुन् ।

करण राईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मैनाम’ अमर श्रष्ठा, वरिष्ठ गायक तथा संगीतकार गणेश रशिकको संगीत रहेको छ भने कवि उत्तम तुम्सा लिम्बुको कविता रहेको छ । यस कृतिमा करण राईले गाएका छन्, भने कवि उत्तमले कविता वाचन समेत गरेका छन् । ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्मलाई देबेश राईले एरेञ्ज, मिक्सिङ मास्टरिङ गरेका छन्।
ललितपुरमा एक कार्यक्रमका विच सफल कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, चर्चित कवि स्वप्निल स्मृती र लेखक श्याम सिंगकको उपस्थितिमा पोइटिक म्युजिक फिल्म सार्वजनिक गरिएको थियो ।
कवि उत्तम तुम्साकै लेखन तथा निर्देशन रहेको ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्ममा गायक करणकै अभिनय देख्न सकिन्छ । करणको जोडी भएर सृष्टि मगरले अभिनय गरेका छन् । डिएनएक्स हाङ्ग्गामको सिनेमाटोग्राफी रहेको छ, भने बिवेक सुनारले सम्पादन गरेका छन् । त्यस्तै मिलन बिश्वकर्माको कलर रहेको भिडियोमा सह निर्देशन पबित्रा राईले गरेकी छिन् ।




