‘पार्वती’ को रत्यौली गीतमा दिपा र नितासंगै अन्जलीको डान्स
अभिनेत्री निता ढुंगानाको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘पार्वती’ को पहिलो गीत सावजनिक भएको छ। रत्यौली गीत ‘नौतुना रेलैमा’ रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर , हर्क साउदको शब्द र दीपक शर्माको संगीत रहेको छ। विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

चलचित्रका प्रमुख कलाकार फिचर रहेको भिडियोमा दिपाश्री निरौला केटाको पहिरनमा देखिएकी छिन्। नेपाली समाजमा रत्यौलीमा महिला नै पुरुष भएर नाच्ने प्रचलन रहेको छ । सोहि भेषभुषामा दिपा देखिएकी हुन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा दिपाको साथमा निता ढुंगाना, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी,क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्।
अभिनेत्री नीता ढुङ्गानाकै कथा रहेको चलचित्रमा नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको मुख्य अभिनय रहेको छ। निर्देशक ढुङ्गानाकै पटकथा रहेको चलचित्रको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। शंकर पाण्डे कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता हरिहर अधिकारी हुन्। सुदीप बरालको डीओपी रहेको चलचित्रको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन्।




