‘बाबरी’ शिर्ष गीतमा रोमान्टिक धीरज र अदिती


भाद्र ३१ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘बाबरी’ को शिर्ष गीत रिलिज भएको छ। धीरज मगर र अदिति बुढाथोकी मुख्य भूमिकामा रहेको चलचित्रको गीत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चलचित्र गीत ‘बाबरी रंग’ सार्वजनिक गरिएको हो।

अस्मिता अधिकारी र अनमोल गुरुङ्गको स्वर रहेको गीतमा अनमोलको नै संगीत रहेको छ। गीतको भिडियोमा धीरज र अदिती रोमान्टिक मुद्रामा प्रस्तुत भएका छन्। सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धीरज नाडकरको पनि मुख्य भूमिकामा रहेका छन्। पुष्पलता बुढाथोकी र गणेश बुढाथोकी चलचित्रको निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्