अनमोल र प्रिन्सीको ‘बाटुलो जुन’ को ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक
अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा रहेको चलचित्र ‘बाटुलो जुन’ को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ। बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर रिलिज भएको गीतमा युग भुसालको शब्द तथा संगीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ।

विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा अनमोल केसी र प्रिन्सी खतिवडा फिचर रहेका छन्। भुवन केसीको निर्देशनमा तयार भएको चलचित्रको गीतको भिडियो निकै सरल र आकर्षक बनेको छ। डेव्यु नायिका प्रिन्सीसंग अनमोलको जोडी आकर्षक देखिएको छ।
भुवन केसीको दोस्रो निर्देशकीय भूमिका रहेको चलचित्रमा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्र कार्तिक २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पाश्र्व संगीत छ । चलचित्रमा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रुपमा रहेका छन् । यो चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा चलचित्रका सह–निर्माता हुन् ।










