भदौ १७ मा पूजा,आकाश र सोनामको ‘सम्हालिन्छ कहिले मन’


सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ कोरोना महामारीका कारण प्रदर्शन रोकिएको लामै समय भयो । पूजा शर्मा, आकाश श्रेष्ठ र सोनाम तोप्देन मुख्य भूमिकामा रहेको लभ स्टोरी चलचित्रले नयाँ रिलिज मिति तय गरेको छ। भदौ १७ गते चलचित्र रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

एबी इन्टरनेसनलले चलचित्र निर्माण गरेको हो। चलचित्र भदौ १० गते प्रदिप खड्का स्टारर चलचित्रसंग जुध्ने चर्चा रहेको थियो। तर अव यो भिडन्त एक हप्तालाई टरेको छ। चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा महेश दवाडीको कथा, अर्जुन पोख्रेल र तारा प्रकाश लिम्बूको स्नागीत, कविराज गहतराजको कोरियोग्राफी सौरभ लामाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्