‘दोख’ दोश्रो टिजर : दियासंग मौलाएको मनिषको प्रेम


अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ को नयाँ टिजर सार्वजनिक भएको छ। पहिलो टिजर बाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले सार्वजनिक गरेको दोश्रो टिजर पनि आकर्षक देखिएको छ।

गाउँको एक विद्यालयमा पढाउने शिक्षकको भूमिकामा देखिएका मनिष निरौला एक सन्तानकी आमा दिया मास्केको प्रेममा परेको देखाइको छ।

माओवादी लडाकुले दुवैलाई दुश्मन मानेर कुटपिट गरेको दृश्य समेत टिजरमा समावेश गरिएको छ। दिया र मनिषको साथमा चलचित्रमा लोकमणि सापकोटा, माओत्से गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको चलचित्र असार २४ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्