‘प्रेमगन्ज ‘ गीत : दुईपुस्ताको प्रेम बोल्ने भिडियो


चलचित्र ‘प्रेमगन्ज ‘ को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा सुगम पोख्रेल र अस्मिता अधिकारीको स्वर रहेको छ। पुरुषोतम ढुंगेलको शब्द रहेको गीतमा किरण भुषालको संगीत रहेको छ। गीतमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल फिचर रहेका छन् । गीतको भिडियो निकै आकर्षक बनाइएको छ। एकअर्काको स्पर्श बिना नै प्रेम भाव भिडियोमा प्रस्तुत गरिएको छ।

परिच्छेद सेनको निर्देशनमा निर्माण भएको चलचित्रले दुई पुस्ताको प्रेमकथालाई प्रस्तुत गरेको छ । चलचित्रमा किरण गुरागाई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मला लामिछाने निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्