नीताको मेहेन्दीमा रेखा र अनु


अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारी असार २४ गते विवाह बन्धनमा बाधिदैछन्। केहि बर्षको प्रेमलाई विवाहमा परिणत गर्न लागेका नीता र हरिहरको विवाहको विभिन्न समारोहहरु भैरहेका छन्।

केहि दिन अगाडी नीताले आफ्ना नजिकका साथीसंग व्याचलर पार्टी मनाएकी थिइन्। आज निताको मेहेन्दी सेरेमोनी सम्पन्न भएको छ ।

उनको मेहेन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाह, संचारकर्मी प्रकाश सुवेदी लगायतका व्यक्तिहरु पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्